समाज


बढ्दै कोरोना संक्रमित, थप ४३ जनामा संक्रमण पुष्टि

बढ्दै कोरोना संक्रमित, थप ४३ जनामा संक्रमण पुष्टि

नेपालखबर
असार १०, २०७९ शुक्रबार १९:२४, काठमाडौँ

देशभर पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सो अवधिमा तीन हजार ५५५ जनाको नमूना परीक्षण गरिएको थियो। एक हजार ८५२ को पिसीआर र एक हजार ७०३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा १४ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। यससँगै संक्रमण मुक्त हुनेको संख्या नौ लाख ६७ हजार ३५६ पुगेको छ। निको हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा एक लाख ५० हजार ६१ जनाले कोभिडविरुद्धको खोप लगाएका छन्। हाल सक्रिय संक्रमितको संख्या १८१ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ। होम आइसोलेशनमा १७७, संस्थागत आइसोलेशनमा चार, आईसीयूमा दुई र भेन्टिलेटरमा एक जना संक्रमित रहेका छन्। 

हाल देशभरमा २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाहरू कुनै पनि छैनन्। शून्य संक्रमित रहेका जिल्लामा ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, इलाम, ताप्लेजुङ, पर्सा, सप्तरी, बारा, दोलखा, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवान, मनाङ, मुस्ताङ, म्याग्दी, गोरखा, तनहुँ, नवलपरासीपूर्व, रुकुमपूर्व, रुपन्देही, दाङ, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, रुकुमपश्चिम, कालिकोट, बाजुरा, दार्चुला, बझाङ, डढेलधुरा र कञ्चनपुर रहेका छन्। 

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा ६२ र ललितपुर ३० र भक्तपुरमा आठ गरी उपत्यकामा १००  जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .