ad ad

समाज


घुस बार्गेनिङमा जोडिएका न्यायाधीश भन्छन् : प्रभाव र दबाबबीच निष्पक्ष भूमिका निर्वाह गरेको छु

घुस बार्गेनिङमा जोडिएका न्यायाधीश भन्छन् : प्रभाव र दबाबबीच निष्पक्ष भूमिका निर्वाह गरेको छु

नेपालखबर
असार ८, २०७९ बुधबार १८:३५, काठमाडौँ

२ करोड बार्गेनिङमा मुछिएका न्यायाधीश राजकुमार कोइरालाले आफूबाट कुनै अनुचित कार्य नभएको दाबी गरेका छन्।

छानबिनमा तानिएपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्। 

न्यायाधीश कोइरालालले लेखेका छन्, ‘म बारे आज आएका समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ। मबाट कुनै अनुचित कार्य भएको छैन। विभिन्न प्रभाव र दबाबका बाबजुद निष्पक्ष भूमिका निर्वाह गरेको छु।’

आफूमाथि न्यायपरिषदले गर्ने छानबिनमा सहयोग गर्ने उनले बताएका छन्। 

‘ममाथि न्याय परिषदबाट छानबिन होस् तथा सहयोग गर्ने पूर्ण प्रतिबद्धता व्यक्त गर्दछु’, उनले लेखेका छन्।

सहकारी सञ्चालक इच्छाराज तामाङलाई १० करोड धरौटीमा छाड्ने र त्यसबापत २ करोड रुपैयाँ लिने कुरा भएको अडिओ सार्वजनिक भएको थियो।

अधिवक्ता रुद्र पोखरेल र न्यायाधीश कोइरालाबीचको अडियो सार्वजनिक भएसँगै बुधबार न्यायपरिषदको आकस्मिक बैठक बोलाइएको थियो। कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले न्यायाधीश कोइरालालाई छानबिन नसकिएसम्म जिम्मेवारी मुक्त गर्ने निर्णय गरेको छ।

यस्तै, न्याय परिषद सदस्य रामकुमार श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनेको छ। समितिमा उच्च अदालत पाटनका कामु मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र न्यायाधीश महेश शर्मा पौडेल सदस्य छन्। 

समितिले ४५ दिनभित्रमा प्रतिवेदन बुझाउने छ। 

तामाङलाई १० करोड धरौटीमा छाड्ने गरी सल्लाह गरेको अडिओमा सुनिए पनि न्यायाधीश कोइरालाको इजलासले पुर्पक्षका लागि तामाङ र सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .