समाज


वकिलसँग घुस बार्गेनिङ : न्यायाधीश कोइरालाको जिम्मेवारी खोसियो

वकिलसँग घुस बार्गेनिङ : न्यायाधीश कोइरालाको जिम्मेवारी खोसियो

नेपालखबर
असार ८, २०७९ बुधबार १६:४५, काठमाडौँ

साढे ५ अर्ब बढी ठगी आरोपमा पक्राउ परेका व्यवसायी इच्छाराज तामाङलाई छाड्न वकिलसँग घुस बार्गेनिङ गरेर विवादमा परेका जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालाको जिम्मेवारी खोसिएको छ।

न्यायपरिषदको बुधबार बसेको बैठकले यो प्रकरणमा जाँचबुझ आयोग बनाएसँगै न्यायाधीश कोइरालाको जिम्मेवारी खोसिएको हो।

बैठकले न्याय परिषद् सदस्य रामप्रसाद श्रेष्ठको अध्यक्षतामा तीन सदस्यीय आयोग बनाउँदै ४५ दिनभित्र प्रतिवेदन बुझाउन भनेको छ।

यो प्रकरणमा छानबिन समितिले प्रतिवेदन नबुझाउन्जेललाई न्यायाधीश कोइरालाले मुद्दा हेर्न पाउने छैनन्। 

'निर्णयमा ठ्याक्कै निलम्बन भनेर लेखिएको छैन। तर उहाँ (न्यायाधीश कोइराला) ले प्रतिवेदन नआउन्जेल मुद्दा हेर्न बेन्चमा जान पाउनु हुने छैन। छानबिन प्रतिवेदन नआउन्जेलसम्म उहाँको जिम्मेवारी खोस्ने निर्णय भएको छ;' स्रोतले नेपालखबरसँग भन्यो।

इच्छाराजलाई छुटाउने नाममा अधिवक्ता रुद्र पोखरेलले कोइरालासँग घुस बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएपछि विवाद बढेको थियो। 

उक्त अडिओमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बिकाप्रसाद निरौला पनि जोडिएका थिए। 

अधिवक्ता पोखरेलले तामाङलाई १० करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश गराउन उनीहरुसँग पनि कुरा गर्ने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .