समाज


पोर्चुगलमा एक नेपाली युवाको मृत्यु

पोर्चुगलमा एक नेपाली युवाको मृत्यु

नेपालखबर
असार ८, २०७९ बुधबार १०:२५, काठमाडौँ

पोर्चुगलमा एक नेपाली युवाको क्यान्सरबाट मृत्यु भएको छ। सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० का ३४ वर्षीय ङवाङदावा शेर्पाको क्यान्सरबाट ज्यान गएको हो।

शेर्पाको बेजास्थित उलिस बाइसा अलेन्टेज इपिई अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको जनाएकाे छ। 

उनको शव नेपाल पठाउने तयारी भइरहेको छ ।

बेजास्थित एक कृषि कम्पनीमा कार्यरत शेर्पाको दुई महिनादेखि उपचार भइरहेको थियो।

उनी वैदेशिक रोजागारीको सिलसिलामा चार वर्ष अघि पोर्चुगल गएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .