ad ad

समाज


दुई महिनापछि बुढीगंगामा फेरि हुँदैछ स्थानीय निर्वाचन

दुई महिनापछि बुढीगंगामा फेरि हुँदैछ स्थानीय निर्वाचन

गोकुल जोशी
असार २, २०७९ बिहिबार २०:२५, कञ्चनपुर

बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते स्थानीय तहको पुनः निर्वाचन हुने भएको छ। 

बिहीबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले असार २३ गते पुनः निर्वाचन गर्न मिति तोकेको प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रकाशचन्द्र अधिकारीले जानकारी दिए। 

बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरु, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु सहभागी थिए। 

बुढीगंगामा ३० वैशाखमा बुथकब्जा र निर्वाचनमा धाँधली भएको भन्दै एमाले र कांग्रेसबीच विवाद भएको थियो। त्यसपछि मतगणना रोकिएको थियो।

विवादपछि निर्वाचन आयुक्त सगुन शमशेर जबरा संयोजकत्वको आयोगको टोलीले स्थलगत अध्ययन गरेको थियो। निर्वाचनका क्रममा सुरक्षामा लापरवाही गरेको भन्दै सिडिओसहित दुई सुरक्षा निकायका प्रमुख पनि फेरिएका थिए।

कांग्रेस र एमालेबीच पुनः मतगणना गर्ने वा पुनः मतदान भन्ने विषयमा उत्पन्न विवादको छिनोफानो गर्दै आयोगले जेठ १२ गते बुढीगंगा नगरपालिकाका १० वटै वडामा पुनः मतदान गराउने निर्णय गरेको थियो।

आयोगले बुढीगंगामा पुनः चुनावको मिति तोक्ने अधिकार निर्वाचन अधिकृतलाई दिएको थियो। तर, एमाले र कांग्रेसबीचको आ–आफ्नो अडानले मुख्य निर्वाचन अधिकृतको कार्यालयले नयाँ निर्वाचन मिति तोक्न सकेको थिएन।

कांग्रेसको पुनः मतदान र एमालेको गणना हुनुपर्ने लामो समयको खिचातानीपछि जिल्ला तहका दुवै पक्षका नेताहरु बिहीबारको बैठकबाट पुनः निर्वाचन गराउन सहमत भएका हुन्।

जेठ ५ गते स्थानीय तहका जनप्रतिनिधिको ५ वर्षे कार्यकाल सकिएपछि अहिले बुढीगंगा नगरपालिका जनप्रतिनिधिविहीन रहेको छ।

कर्मचारीकै भरमा चल्दैछ जनप्रतिनिधिविहीन बुढीगंगा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .