ad ad

समाज


तारमा चढेका व्यक्तिको उद्धार गर्न सेनालाई मन्त्री भुसालको आग्रह

तारमा चढेका व्यक्तिको उद्धार गर्न सेनालाई मन्त्री भुसालको आग्रह

नेपालखबर
जेठ २८, २०७९ शनिबार १८:४७, काठमाडौँ

जलस्रोत सिंचाइँ तथा ऊर्जामन्त्री पम्फा भुसालले नुवाकोटमा त्रिशुली ‘थ्री ए’ को प्रशारण लाइनमा रहेका व्यक्तिको उद्धार गर्न नेपाली सेनालाई आग्रह गरेकी छन्।
उनले ककनी गाउँपालिका वडा नं ७ को हाइटेन्सन लाइनमा चढेका प्रेम बिकको उद्धार गर्न नेपाली सेनालाई आग्रह गरेकी हुन्। 

‘नुवाकोटमा त्रिशुली थ्री ए को प्रशारण लाइनमा रहेका व्यक्तिको उद्धार गर्न मैले नेपाली सेनालाई आग्रह गरेको छु,’ मन्त्री भुसालले भनिन्, ‘विद्युत लाइनको जोखिमलाई ध्यान दिएर हेलिकप्टरबाट भए पनि उद्धार गरौँ। उद्धारमा साथ दिन सम्बन्धित सवैलाई आग्रह गर्दछु।’

ककनी गाउँपालिका वडा नं ७ को हाइटेन्सन लाइनमा चढेका बेलकोटगढी नगरपालिकाका बिक अहिले लिखु गाउँपालिका पुगेका छन्। शनिबार बिहान १० बजे पोलमा चढेका उनी तारतारै हिँडिरहेको स्थानीय प्रत्यक्षदर्शी जयबहादुर तामाङले नेपालखबरलाई जानकारी दिएका छन्।
बिक ककनी गाउँपालिका वडा नं ७ बाट अहिले पारीपट्टि लिखु गाउँपालिका वडा नं ३ मा पुग्न लागेको तामाङले बताए। उनलाई प्रहरी प्रशासन र स्थानीय बासिन्दाहरु उद्धार गर्न प्रयासरत छन्।

बिक पोलमा चढेपछि नेपाल विद्युत प्राधिकरणले त्रिशुली– ‘३ ए’ को उत्पादन बन्द गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .