नेपाली सेनाले हराएको तारा एयरको जहाज मुस्ताङका पाँच स्थानलाई केन्द्रित गरी खोजी जारी रहेको बताएको छ।
सेनाले आइतबार अपरान्ह विज्ञप्ति प्रकाशित गरी मुस्ताङका सम्भावित स्थान न्याउरेकोट, कोवाङ, लेते, घोडेपानी र टीटीताललाई केन्द्रित गरी स्थलगत खोजी कार्य जारी रहेको जनाएको छ।
विहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज १० बजेर ११ मिनेटपछि जोमसोम टावरमा सम्पर्कमा नआएको जनाएको छ।
हराइरहेको जहाजको खोजीमा नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ।
60
Shares
प्रतिक्रिया