ad ad

समाज


पोखरामै रोकियो सेनाको हेलिकप्टर, घाँसा पोष्टबाट जहाज खोज्न हिँड्यो पैदल टोली

पोखरामै रोकियो सेनाको हेलिकप्टर, घाँसा पोष्टबाट जहाज खोज्न हिँड्यो पैदल टोली

नेपालखबर
जेठ १५, २०७९ आइतबार १३:४५, काठमाडौँ

मुस्ताङको घाँसा पोष्टबाट नेपाली सेनाको टोली बेपत्ता भएको जहाज खोज्न लेतेतर्फ लागेको छ।

सैनिक प्रवक्ता नारायण सिलवालका अनुसार हेलिकप्टर उड्न नसकेपछि पैदल नै टोली त्यसतर्फ प्रस्थान गरेको हो। 

‘टोली मुभ भइसकेको छ। तर अहिलेसम्म लोकेट गरिसकेको खबर प्राप्त भइसकेको छैन। काठमाडौंबाट उद्धारकर्मीसहित उडेको एमआई १७ हेलिकप्टर पोखरा विमानस्थलमा छ’, प्रवक्ता सिलवालले भने, ‘मौसम खराब भएका कारण हेलिकप्टर पोखराबाट उड्न सकेको अवस्था छैन।’

स्थानीयले लेतेको आसपास घटना भएको जानकारी दिएपछि सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको हो।

तर अहिलेसम्म आधिकारिक पुष्टि भने भइ नसकेको सेनाले जनाएको छ। 

जोमसोमबाट उडेको फिस्टेल एयरको हेलिकप्टर पनि मौसम खराबका कारण मुस्ताङ नै फर्किएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .