समाज


फोटो स्टुडियोबाटै बन्छन् सेना र प्रहरीका नक्कली प्रमाणपत्र, तीन जना पक्राउ

फोटो स्टुडियोबाटै बन्छन् सेना र प्रहरीका नक्कली प्रमाणपत्र, तीन जना पक्राउ

नेपालखबर
मंसिर १३, २०७६ शुक्रबार ९:४१,

नेपाल प्रहरीले सेना र प्रहरीकै लोगो दुरुपयोग गरेर नक्कली कागजपत्र बनाउने तीन जनालाई पक्राउ प्रहरीले गरेको छ।

काठमाडौँका विभिन्न स्थानमा फोटो स्टुडियो सञ्चालन गरेर नक्कली पुलिस रिपोर्ट, हात हतियार तालिम, सिफारिश पत्र, बिशिष्ट व्यक्तिको सुरक्षा तालिमको प्रमाण पत्र, विभिन्न विद्यालय र क्याम्पसका नक्कली शैक्षिक प्रमाणपत्र तयार गर्दै आएका तीन जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पक्राउ पर्नेमा गोंगबुमा फोटो स्टुडियो सञ्चालन गर्दै आएका ओखलढुंगा रानीवन गाउँपालिका– ७ का सविनकुमार तोलांगी, सिनामंगलमा फोटो स्टुडियो सञ्चालन गर्ने चितवन रत्ननगर नगरपालिका– १६ का अमृत सुर्खेती र महाराजगञ्जमा फोटो स्टुडियो रहेका धादिङ नीलकण्ठ नगरपालिका– ९ का मधुसुदन दवाडी रहेको सीआइबीले जनाएको छ।

उनीहरु तीन जनलाई सो टोलीले बिहीबार पक्राउ गरेको हो। उनीहरुका साथबाट प्रहरीले प्रहरी प्रधान कार्यालयको लेटरप्याडमा तयार भएका पुलिस रिपोर्टहरु, प्ल टुका ट्रान्स्क्रिप्ट, प्रोभिजनल सर्टिफिकेट, शस्त्र प्रहरी बल बंगलामुखी बिशेष कार्यदल गण हलचोकको स्पेशल टाक्स फोर्स, सुरक्षा तालिम, हात हतियार तालिम, बिशिष्ट व्यक्तिको सुरक्षा तालिमको प्रमाण पत्र, विभिन्न विद्यालयहररुको जिल्ला लेभलका मार्कसिट र शैक्षिक प्रमाणपत्र, सेनाले प्रदान गर्ने ‘जो जससँग सम्बन्धित छ’ को पत्र, काठमाडौँ महानगरपालिकाको छाप भएका खाली पत्र, विभिन्न बैंकको स्टेटमन्ट, मेडकल रिपोर्ट, प्यानको प्रमाणपत्र आदि बरामद गरेको छ।

प्रहरीले पक्राउ परेका तीनै जनालाई शुक्रबार सार्वजनिक गरेको हो। उनीहरुमाथि लिखत सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ। मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ को लिखत सम्बन्धी कसुरमा ७ वर्षसम्म कैद र ७० हजारसम्म जरिवान हुने व्यवस्था छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad