समाज


ज्यान मार्ने उद्योगका फरार अभियुक्तले फेरि गरे हत्या

ज्यान मार्ने उद्योगका फरार अभियुक्तले फेरि गरे हत्या

गोकुल जोशी
मंसिर १३, २०७६ शुक्रबार ८:५९,

मोटरसाइकल ओभरटेक गरेको निहुँमा चक्कु प्रहार गरी हत्या घटनामा पक्राउ परेका चार जनाले अपराध स्विकारेका छन्। बिहीबार कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ गोबरैयामा २२ वर्षीय दीपक पन्तले मोटरसाइकल ओभरटेक गरेको भन्दै चारजनाको समूहले चक्कु र हेलमेट प्रहार गरेर हत्या गरेका थिए।

शुक्रवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शुक्रवार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका चार जनाले अपराध स्विकारेको जनाएको छ। घटनामा पक्राउ पर्नेमा १९ वर्षीय विनोद बोहरा, २२ वर्षीय मनिष नाथ, २० वर्षीय नवीन सिंह र २२ वर्षकै गणेश लुहार रहेका छन्।

यी मध्ये मनिष नाथ ज्यान मार्ने उद्योगको मुद्दा लागेका हुन। यसअघि उनले भीमदत्त नगरपालिकाको मझगाउँमा लागेको रामलिलामा ‘ज्यानमारा’ हमला गरेका थिए। उनी फरार सूचिमा रहेको प्रहरीले जनाएको छ।

मोटरसाइलमा सवार पन्तलाई चारजनाको समूहले आफूहरुको स्कुटरलाई किन ओभरटेक गरेको भन्दै हेलमेट, चक्कुले कुटपिट गरेका थिए। चक्कु प्रहारमा मनिषको प्रमुख भूमिका रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी दिनेश आचार्यले बताए।

कुटपिटबाट घाइते पन्तलाई महाकाली अस्पतालमा उपचार सम्भव नभएपछि भारत रेफर गरिएको थियो। भारत लैजादै गर्दा उनको बाटोमा ज्यान गएको हो। स्थानीयले दोषीमाथी कारवाहीको माग गरेका छन्। मृतकको शव महाकाली अञ्चल अस्पतालमा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad