समाज


दैलेखमा मिनीबस दुर्घटना, ३ को मृत्यु, १३ घाइते

दैलेखमा मिनीबस दुर्घटना, ३ को मृत्यु, १३ घाइते

नेपालखबर
मंसिर १३, २०७६ शुक्रबार ७:७,

दैलेखमा मिनी बस दुर्घटना हुदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १३ जना घाइते बनेका छन्।

शुक्रबार मध्यान्ह सुर्खेतबाट दैलेख जाँदै गरेको भे१ज १०२९ नम्बर फोर्स गाडी दैलेखको गुराँस गाउँपालिका–४ मुङ्ग्राहा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्याल दैलेखका प्रमुख डीएसपी हरिबहादुर  वलीले जानकारी दिए। मृतकहरुको सनाखत हुन नसकेको उनले जानकारी दिए।

क्तीन जनाको घटनास्थलमै मृत्यु भएको छ’, डीएसपी वलीले नेपालखबत्ररसँग कुरा गर्दै घने, ‘१३ घाइतेलाई उद्धार गरी उपचारका लागि पाठाएका छौँ।’

उनले घाइतेहरुलाई उद्धार गरी उपचारका लागि सुर्खेत पठाएको जानकारी दिए। उनका अनुसार घाइतेहरुको अवस्था सामान्य रहेको छ।

डीएपी वलीले दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad