ad ad

समाज


सरकारले दियो मेलम्चीका पीडित कामदारलाई भुक्तानी

सरकारले दियो मेलम्चीका पीडित कामदारलाई भुक्तानी

नेपालखबर
मंसिर १२, २०७६ बिहिबार १२:२१,

मेलम्ची खानेपानी आयोजनामा पीडित कामदारलाई सरकारले भुक्तानी दिएको छ। इटालेली कम्पनी सीएमसीले ज्यालाबापतको रकम दिन बाँकी राखेर गएपछि नेपाल सरकारले सोबापतको रकम उनीहरुलाई भुक्तानी दिएको हो।

उक्त कम्पनी निर्माण कार्य अलपत्र पारेर जाँदा त्यहाँ कार्यरत कामदार र आपूर्तिकर्तालाई भुक्तानी भएको थिएन। कम्पनी गएदेखि नै कामदारले आफू पीडित भएको भनी सरकारसँग ज्याला भुक्तानीको माग गरेको मन्त्रालयका प्रवक्ता रीतेशकुमार शाक्यले बताए।

मन्त्रालयले अहिले झण्डै ७०० कामदारलाई भुक्तानी दिएको छ। भुक्तानी लिनेमध्ये अधिकांश त्यहीँका स्थानीयवासी छन्। उनले भने, ‘उनीहरुले माग गरेकै आधारमा भुक्तानी दिइएको हो।’

कम्पनी निर्माण छाडेर गएसँगै सरकारले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग १५ महिनामा काम सक्ने गरी सम्झौता गरेको थियो। नयाँ कम्पनी निर्माण कार्यमा लागिरहँदा सरकारले यस अघिको समस्यासमेत समाधान गरिरहेको छ।

मन्त्रालयमा सहसचिव नेतृत्वको प्राविधिक समिति गठन गरेर विवाद समाधान गर्न लागिएको छ। साना र ठूला आपूर्तिकर्ताको भने भुक्तानी गर्न बाँकी रहेको शाक्यले बताए। उनले भने, ‘कागजातका आधारमा नै उनीहरुको पनि भुक्तानी गर्न लागिएको छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .