ad ad

समाज


महेन्द्रनगर घटना: जापान जाने तयारीमा थिए, होटलमा मृत भेटिए

महेन्द्रनगर घटना: जापान जाने तयारीमा थिए, होटलमा मृत भेटिए

होटल र मृत भेटिएका मुकुल (इन्सेटमा)


गोकुल जोशी
बैशाख २१, २०७९ बुधबार ११:१९, महेन्द्रनगर

कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरको होटल ‘नाइन इलेभन’ होटलमा बुधबार बिहान एक युवक मृत भेटिएका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटलको कोठाभित्र मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए। 

‘घटनास्थल सिल गरेर अनुसन्धान गरिरहेका छौँ’, उनले भने,  ‘घटनाको कारण खुल्न सकेको छैन।’ 

अहिले घटनास्थलमा कञ्चनपुरका प्रहरी प्रमुख (एसपी) श्यामप्रसाद चौधरी पनि गएका छन्।

मृतक मुकुल पढाइका लागि विदेश जाने तयारीमा रहेको खुलेको छ। यही वैशाख २२ गते जापान उड्ने तयारीमा रहेका उनी त्यसअघि साथीहरुलाई पार्टी दिन होटलमा गएको खुलेको छ। 

‘भोलि जापान जाँदै थियो। आज काठमाडौँ जाने भन्दै थियो’, दाइ नाता पर्ने रमेशराज पाण्डेयले भने,  ‘तर यस्तो घटना भयो।’

होटलको चौथो तलाको ४०३ नम्बर कोठामा मृत भेटिएका मुकुलको शरीरमा कुनै चोटपटक नपाइएको घटनास्थलमा खटिएका एक प्रहरी अधिकारीले बताए। 

‘कोठामा ५/६ वटा सिरिन्ज भेटिएका छन्, शरीरमा कुनै चोटपटक छैन’, ती प्रहरी अधिकारीले भने,  ‘कोठामा रहेका दुईवटा बेडमध्ये एउटामा मृतक सुतेका भेटिएका छन्, अर्को बेडमा कण्डम पनि भेटिएको छ।’

लागूपदार्थको ओभेर डोजले मृतकको ज्यान गएको प्रहरीको आशंका छ। घटनाको अनुसन्धानका लागि प्रहरीले मृतकका साथी आशिष चन्दलाई नियन्त्रणमा लिइएको छ। चन्द राति मुकुलसँगै कोठामा सुतेको खुलेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .