समाज


मेडिसिटीका डाक्टर बलात्कारको आरोपमा पक्राउ

मेडिसिटीका डाक्टर बलात्कारको आरोपमा पक्राउ

नेपालखबर
मंसिर ९, २०७६ सोमबार १२:३३,

प्रहरीले बलात्कार प्रयासको आरोपमा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालका चिकित्सक रोहितकुमार झालाई पक्राउ गरेको छ।

उनले आफू कार्यरत कार्यालयबाट नियमित जाँचका लागि आएकी युवतीमाथि बलात्कार प्रयास गरेका थिए।

महानगरीय प्रहरी परिसर ललितपुरले पीडित युवतीको जाहेरीपछि झालाई नियन्त्रणमा लिएको हो।

परिसर प्रमुख एसएसपी टेकप्रसाद राईले ती महिलालाई उपचारको क्रममा झाले बलात्कार प्रयास गरेको बताए।

‘उहाँ नियमित जाँचका लागि आउनु भएको रहेछ,’ एसएसपी राईले भने, ‘उपचारका क्रममा करणी उद्योग भएको भन्ने जाहेरी आएको हो।’

परिसरका अनुसार इन्जिनियर पेसामा आवद्ध ती युवती एउटा नाम चलेको कम्पनीमा कार्यरत छिन्। उनलाई कार्यालयले नै अन्य कर्मचारी सरह उपचारका लागि मेडिसिटी अस्पताल पठाएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad