समाज


बुटवलको शिवनगर जंगलमा श्रीमान-श्रीमती मृत फेला

बुटवलको शिवनगर जंगलमा श्रीमान-श्रीमती मृत फेला

प्रतिकात्मक तस्बिर


सुदीप भण्डारी
बैशाख ११, २०७९ आइतबार २०:५३, बुटवल

बुटवलको शिवनगर जंगलमा श्रीमान श्रीमती मृत फेला परेका छन्।

उपमहानगरपालिका–७ अन्तर्गतको जंगलमा बुटवल ११ देवीनगर बस्ने ६० वर्षीय काजीमान श्रेष्ठ र उनकी श्रीमती ५५ वर्षीया कमला श्रेष्ठ मृत फेला परेका हुन्।

उनीहरु एक महिनादेखि घरबाट बेपत्ता थिए। शव सुकिसकेको अवस्थामा स्थानीयले फेला पारेपछि परिवारलाई खबर गरेका थिए।

घटनास्थल अगाडि दुई वटा बिषको बोतलसमेत फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले बताए।

‘बिषको डब्बा पनि भएको र जो आफ्नो सामानहरु राख्नुभएको थियो साइडमा राख्नुभएको थियो। पैसा मोबाइलहरु पनि साथमै छ। अरुबाट हत्या होइन कि जस्तो देखिएको छ’ डीएसपी केसीले भने। 

घटनाबारे थप अनुसन्धान भएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .