समाज


झारफुकका क्रममा महिलाको मृत्यु, घटनास्थलमा रड, ७ जना पक्राउ

झारफुकका क्रममा महिलाको मृत्यु, घटनास्थलमा रड, ७ जना पक्राउ

घटनास्थल


गोकुल जोशी
बैशाख ३, २०७९ शनिबार १४:१२, महेन्द्रनगर

कञ्चनपुरको बेदकोट नगरपालिका–७ मुसेपानीमा धामीझाक्रीबाट झारफुक गराउने क्रममा बिरामी महिलाको मृत्यु भएको छ। 

धामीझाक्रीबाट झारफुक गराइरहेकी स्थानीय ४३ वर्षीया रञ्चुला साउदको मृत्यु भएको प्रहरीले जनाएको छ। 

घटनास्थल

प्रहरीले घटनाको अनुसन्धानका लागि भीमदत्त नगरपालिका–७ हल्दुखाल बस्ने धामी धर्मानन्द भट्ट, भीमदत्त–१ बाराकुण्डा बस्ने नारायणदत्त भट्ट लगायत ७ जनालाई नियन्त्रणमा लिएको हो।  

महिलाको मृत्यु उनकै जेठानी नाता पर्ने स्थानीय कमला साउदको घरमा भएको थियो।

कमला पनि समान्य झारफुक गर्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ।

‘अनुसन्धानका लागि ७ जनालाई नियन्त्रणमा लिएका छौं,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले भने,  ‘महिलाको शरिरमा छाला निस्केजस्तो देखिन्छ, शव परीक्षण भएपछि मात्रै थप थाहा हुन्छ।’

महिलाको शव महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ। प्रहरीका अनुसार उनी बिरामी थिइन्। अस्पताल लानुपर्नेमा एक महिनादेखि उनी धामीझाक्रीकहाँ झारफुक गराइरहेकी थिइन्।  

‘घटनास्थलमा फलामका रडहरु पनि भेटिएका छन्। हामी घटना बारेमा अनुसन्धान गर्दैछौँ’, डीएसपी शाहीले भने।

धामीको कुटाइबाट महिलाको मृत्यु भएको भन्दै स्थानीयले घर घेराउ गरेका छन्। एकल महिला रहेकी मृतक साउदका दुई छोरी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad