ad ad

समाज


बालगृहका नाममा ठगी खानेलाई कार्बाही गर्छुः मन्त्री गुरुङ

बालगृहका नाममा ठगी खानेलाई कार्बाही गर्छुः मन्त्री गुरुङ

नेपालखबर
मंसिर ६, २०७६ शुक्रबार १०:४०,

नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अनाथ बालबालिकासँग भेट गरेका छन्।

मन्त्री गुरुङले पदभार ग्रहण गरेको भोलिपल्ट शुक्रबार दिउँसो आफूलाई बधाई दिन आएका करिव ४८ जना अनाथ बालबालिकासँग सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भेट गरेका हुन्। भेटका अवसरमा मन्त्री गुरुङले अनाथ बालबालिकाहरुको संरक्षणको जिम्मेवारी राज्यले लिने बताए। त्यसका लागि उनले बालबालिकासम्बन्धी ऐन, नियमको आवश्यक संशोधन तत्काल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे। मन्त्री गुरुङले बाल गृहको नाममा ठगी खानेहरुलाई भने सरकारले कार्बाही गर्ने पनि बताए।

मन्त्री गुरुङले काठमाडाैंको गोकर्णस्थित संयुक्त अपांग एकता आवाज केन्द्रको संरक्षणमा रहेका ती अनाथ बालबालिकाहरुलाई यस अघि पनि सांसदहरुको रुपमा खाद्यन्न तथा लत्ताकपडालगायतका बस्तुहरुको सहयोग गर्दै आएका थिए। उनले अनाथ टुहुरा बालबालिकाहरुको हितमा आफू केन्द्रित हुने पनि बताए। संस्थाका अध्यक्ष तीलबहादुर कार्कीले मन्त्री गुरुङले सांसदको रुपमा आफ्नो संरक्षणमा रहेका अनाथ बालबालिकाहरुप्रति विगतमा गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिन पनि थप सहयोगको अपेक्षा गरिएको बताए।

त्यस अवसरमा मन्त्री गुरुङले अनाथ बालबालिकाहरुले आफूलाई बधाई दिएर बालबालिकाको हितमा काम गर्न झनै प्रोत्साहित गरेको भन्दै खुसी व्यक्त गरेका थिए। उनले बिहीबार पदभार ग्रहण गर्दै बाल विवाह अन्त्यका लागि २ महिना भित्र राष्ट्रिय कार्य योजना तय गरिसक्ने प्रस्ताव स्विकृत गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .