समाज


प्रेस स्वतन्त्रताप्रति गम्भीर बन्न महासंघद्वारा ध्यानाकर्षण

प्रेस स्वतन्त्रताप्रति गम्भीर बन्न महासंघद्वारा ध्यानाकर्षण

नेपालखबर
मंसिर ६, २०७६ शुक्रबार १०:२०,

नेपाल पत्रकार महांघले पत्रकारको हत्या तथा प्रेस स्वतन्त्रता हनन्का घटनामा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएको छ। यस्ता घटनामा संलग्नलाई कारबाही गरी पीडितलाई न्याय दिलाउन र दण्डहीनताको अन्त्य गर्न पनि महासंघले माग गरेका छ।

यसै सन्दर्भमा ‘विश्व अन्तर्राष्ट्रिय दण्डहीनताविरुद्ध दिवस’ का अवसरमा महासंघले मंसिर ८ गते उपत्यकासहित सातै प्रदेशमा दण्डहीनताको अन्त्य र प्रेस स्वतन्त्रताको रक्षाको लागि प्रदर्शन गर्ने भएको छ।

महासंघको प्रेस स्वतन्त्रता अनुगमन इकाइमा अभिलेख भएअनुसार नेपालमा २०५२ सालदेखि सुरु भएको सशस्त्रद्वन्द्वयता हालसम्म विभिन्न पक्षबाट ३७ जना पत्रकार मारिएका छन् भने ५ जना पत्रकार वेपत्ता अवस्थामा छन्। मारिएका ३७ जना पत्रकारमध्ये ५ जना पत्रकारको हत्यामा संलग्नलाई कारबाही गरी पीडित पक्षलाई न्याय दिलाइएको छ भने ४ जनाको न्यायिक प्रक्रियामा रहेको छ। अन्यको हकमा अझै प्रभावकारी ढंगले कानुनी कारबाही अघि बढ्न नसकेको महासंघले जनाएको छ। वेपत्ता भएका ५ जना पत्रकारको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेका छैन भने पीडित परिवारले न्याय पाएका छैनन्।

त्यस्तै महासंघको सञ्चार अनुगमन ईकाइका अनुसार २०७४ सालमा ६३ वटा र २०७५ सालमा ६० वटा तथा २०७६ बैशाखदेखि हालसम्म २६ वटा प्रेस स्वतन्त्रता हनन्का घटनाहरु अभिलेख भएका छन्। प्रेस स्वतन्त्रता हनन्का घटनाहरुमा पत्रकारमाथि धम्की, दुव्र्यवहार, आक्रमण, समाचार संकलनमा अवरोध जस्ता घटनाहरु बढी छन्। यस्तै पत्रकारलाई राजनीतिक आस्थाका आधारमा पक्राउ गर्ने क्रम बढ्दो छ।

महासंघले प्रेस स्वतन्त्रता हनन्का कतिपय घटनामा संलग्नको पहिचान भएपनि पक्राउ पर्न नसकेको भन्दै असन्तुष्टि जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .