शनिबार मात्र वर्षासँगै परेको चट्याङले लागेर ताप्लेजुङमा एक युवकको मृत्यु भयो, भोजपुरमा २ जना बेहोस भए।
प्रिमनसुन लागेयता चट्याङको जोखिम सुरु भइसकेको छ।
यसबाट बच्न के गर्नुपर्छ?
चट्याङ ठूलो मात्राको विद्युतीय करेन्ट हो।
यसबाट हाम्रा घरलाई धातुका सामग्री प्रयोग गरी सुरक्षित बनाउन सकिन्छ।
तामा, आल्मुनियम वा जिआइका रड घरको सबभन्दा अग्लो भागमा राख्ने, अनि सोही धातुका रड वा पाता जोडेर जमिनसम्म पुर्याउने र तामाको रडसँग जोडी अर्थिङ गर्यो भने धेरै हदसम्म हाम्रा घर सुरक्षित हुन्छन्।
साथै चट्याङबाट आफू सुरक्षित रहन गड्यागुडुङ भएका बेला घरबाट बाहिर ननिस्कने। बाहिर छौं भने अग्लो रुखमुनि नबस्ने बरु रुखभन्दा पर खाली ठाउँमा मुन्टो निहुर्याएर बस्ने....
बाँकी सन्देश तलको भिडिओमै सुन्नुहोस्–
हिजो पानीसँगै परेको चट्याङ्ग लागी ताप्लेजुङ्गमा एक युवकको मृत्यु भयो, भोजपुरमा २ जना बेहोस भए भने ४ वटा घरको गारो चर्कियो । चट्याङ्गको जोखिम शुरु भइसकेको छ । सचेत बनौं, सावधानी अपनाऔं । pic.twitter.com/4DvWASMKNU
— NDRRMA (@NDRRMA_Nepal) April 3, 2022
Shares
प्रतिक्रिया