घारेको टोकाइबाट सर्लाही सदरमुकाम मलंगवा–७ मुसैलीमा एक बालकको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्।
मुसैलीस्थित खेतमा काम गर्ने क्रममा बुधबार साँझ घारेले टोक्दा गणेश रायका तीन वर्षीय छोरा किसनकुमार रायको मृत्यु भएको प्रहरीले जनाएको छ।
घारेको टोकाइबाट रायकी श्रीमती ३५ वर्षीया चिन्तादेवी राय र निजका छोरा चार वर्षीय रविकुमार राय, स्थानीयवासी २४ वर्षीया अञ्जलीदेवी यादव, ४० वर्षीया देवबत्ती देवी र १८ वर्षीय रामध्यान महतो घाइते भएका छन्।
उनीहरुलाई उपचारका लागि बुधबार राति ९ः३० बजे मलंगवा जिल्ला अस्पतालबाट वीरगञ्ज रेफर गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
घाइतेलाई घारेले शरीरका विभिन्न भागमा टोकेको स्थानीयवासी हरदास यादवले जानकारी दिए।

प्रतिक्रिया