समाज


नेपालमा भेटिएको गोहीले दिलायो विश्वलाई नयाँ आशा

नेपालमा भेटिएको गोहीले दिलायो विश्वलाई नयाँ आशा

नेपालखबर
मंसिर ४, २०७६ बुधबार ६:१५,

विश्वमै दुर्लभ र अचम्मको मानिएको घरियाल प्रजातिको गोही नेपालमा भेटिएपछि वैज्ञानिकहरु खुशी भएको बीबीसीले जनाएको छ।

सानो बच्चा गोहीहरु बर्दिया राष्ट्रिय निकुन्जमा भेटिएको जनाइएको छ।

घरियाल विश्वमै लोप हुने अवस्थामा रहेको गोही हो। वैज्ञानिकहरुका अनुसार यस प्रजातिका वयस्क गोही विश्वमा हजारभन्दा कम छन्।

वैज्ञानिकहरुले नेपालमा एक सयवटा घरियाल भेटेका हुन्। उनीहरुका अनुसार यसले लोप हुन लागेको यस जीवको वृद्धिमा उल्लेखनीय भूमिका खेल्नेछ।

Gharials are endangered due to loss of habitat, dams and hunting

जुलोजिकल सोसाइटी अफ लन्डनका अध्ययनकर्ता रिकी गम्ब्सले भने,‘नेपालका भेटिएका गोहीहरु सकारात्मक खोज हुन्। यसले लोपोन्मुख गोहीको वृद्धी विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ।’

उक्त क्षेत्रमा घरियाल प्रजातिका गोही ३० वर्षमा पहिलो पटक देखिएको जनाइएको छ।

The hatchlings appear to have survived monsoon rains

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad