समाज


मोटरसाइकलको ट्रायल दिन आएका तीन जना नक्कली चालक पक्राउ

मोटरसाइकलको ट्रायल दिन आएका तीन जना नक्कली चालक पक्राउ

नेपालखबर
मंसिर ३, २०७६ मंगलबार ११:३२,

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा सञ्चालन भएका ट्रायल सेन्टरमा अर्कैको नामबाट ट्रायल दिन आएका तीन जना नक्कली प्रशिक्षार्थीलाई पक्राउ गरेको छ।

मंगलबार सुकेधारा ट्रायल सेन्टरमा रामेछापका रमेश थापाको मोटरसाइकलको ट्रायल परीक्षा दिन आएका पर्सा ठोरी घर भई हाल भक्तपुर सुर्यविनायक बस्ने वर्ष १९ को सुमन भन्ने जयराम श्रेष्ठ पक्राउ परेका छन् ।

यस्तै, एकान्तकुना ट्रायल सेन्टरमा लमजुङ सिमपानी–१ का चन्द्रबहादुर गुरुङको ट्रायल परीक्षा दिनन आएका कैलाली लम्की घर भई हाल जडिबुटी बस्ने वर्ष २६ को कर्णबहादुर बिक पक्राउ परेका छन्।

यता, भक्तपरुको ट्रायल सेन्टरमा गुल्मीको अमरपुरी ७ घर भएका थमन बस्नेतको ट्रायल परीक्षा दिन आएका सोही ठाउँका हाल सोह्रखुट्टे बस्ने वर्ष २७ को रेशम बस्नेतलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .