प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बाराबाट स्रोत नखुलेको ३५ लाख ५० हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।
पचरौत नगरपालिका–८ स्थित लंगडाचोकमा सिम्रौनगढबाट कलैया तर्फ आउँदै गरेको ना२६प १६४९ नं को मोटरसाइकल चेकजाँच गर्ने क्रममा सो रकम फेला परेको प्रहरीले जनाएको छ।
सीआईबी र जिल्ला प्रहरी कार्यालयको संयुक्त गस्ती टोलीले मोटरसाइकलमा सवार सिम्रौनगढ–७ झवानीका २२ वर्षीय राजनकुमार दुवे र सोही स्थानका २३ वर्षीय सुनिल महतो नुनीयालाई पक्राउ गरेको छ।
घनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया