ad ad

समाज


चितवनमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई घाइते

चितवनमा मोटरसाइकल  दुर्घटना, एकको मृत्यु, दुई घाइते

नेपालखबर
कात्तिक ३०, २०७६ शनिबार १०:२२,

भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा दुई मोटरसाइकल एकापसमा ठाक्किंदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा पर्सा जिल्ला जितपुर बस्ने ३२ वर्षीय बैजनाथ चौधरी रहेका छन्।

ठक्करबाट घाइते चौधरीको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो। मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग१७प ४५६४ नंको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको बा५३प १६५० नंको मोटरसाइकल एकापसमा ठक्कर खाँदा बा५३प १६५० नंको मोटरसाइकल चालक चौधरीको मृत्यु भएको हो।

ग१७प ४५६४ नंको मोटरसाइकल चालक कास्की पोखरा महानगरपालिका–१५ बस्ने २१ वर्षीय सन्तोष ठकुरी र पछाडि सवार २० वर्षीय रमेश विक घाइते भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।

घाइते दुवैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। ठक्कर खाने मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको र घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .