समाज


स्कुटर चोरी गरेर बेच्ने र किन्ने चार जना पक्राउ

स्कुटर चोरी गरेर बेच्ने र किन्ने चार जना पक्राउ

नेपालखबर
कात्तिक २९, २०७६ शुक्रबार ११:३०,

प्रहरीले स्कुटर चोरी गरेर बेच्ने र चोरीका स्कुटर किन्ने चार जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङले स्कुटर चोरेर बेच्ने र चोरीका स्कुटर किन्ने चार जनाई धुनिवेसी नगरपालिका ५ बाट बिहीबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१२ बस्ने रोहन महर्जन, टेकु बस्ने जुम्ला आचार्यबाडा गाउँपालिका–१५ का २१ वर्षीय रमेश शाही, खसीबजारका सबिन शाक्य र धादिङ धुनिबेशी नगरपालिका–५, पुरन्डीका ४० वर्षीय कुमार रेग्मी रहेका छन्।

 पुरन्डीमा चोरीको स्कुटर बेचबिखन भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले बा। ६७ प ५८८९ र बा।५५ प २०८४ नम्बरका स्कुटरसहित पक्राउ गरेको हो। पक्राउ परेकामध्ये कुमार अरिदकर्ता रहेको र अन्य तीनजना बिक्रकर्ता रहेको प्रहरीले जानएको छ।

प्रहरीले रेग्मीको घरबाट बा५१ प ९१०६ र बा८२ प ६०७१ नम्बरका स्कुटरहरु समेत बरामद गरेको छ। ती सबै स्कुटरहरु चोरीको भएको प्रहरीले जनाएको छ।

 उनीहरु उपर चोरी मुद्दामा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad