समाज


प्रहरीलाई पाँचवटा नयाँ ‘वाटर क्यानोन’

प्रहरीलाई पाँचवटा नयाँ ‘वाटर क्यानोन’

नेपालखबर
कात्तिक २८, २०७६ बिहिबार ११:९,

 नेपाल प्रहरीको लागि नयाँ खरिद भएका ५ वटा ‘वाटर क्यानोन’को प्रहरी प्रधान कार्यालयस्थित खेल मैदानमा बिहीबार परीक्षण एवम् प्रदर्शनी भएको छ। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले उक्त प्रदर्शनीको अवलोकन गरेका छन्।

उक्त अवसरमा ‘वाटर क्यानोन’द्वारा सेल्फ स्प्रे प्रदर्शन, ५५ मिटर दुरी तथा ३० मिटर दुरीमा पानीको फोहरा प्रदर्शन र भिडमा सहभागीको पहिचान हुन सहज होस् भन्न प्रयोग गरिने विभिन्न रङयुक्त फोहरा प्रयोग प्रदर्शन भएको थियो ।

new canon 2

नेपाल प्रहरीका लागि हाल ५ वटा नयाँ ‘वाटर क्यानोन’ खरिद भएका छन् । यसअघि १ वटा ‘वाटर क्यानोन’ रहेको थियो । उत्तेजित भिड तथा अग्नी नियन्त्रणमा प्रयोग हुने प्रत्येक नयाँ ‘वाटर क्यानोन’मा १८ वटा अश्रु ग्याँस सेल र ७ हजार ४ सय लिटर पानी अट्ने क्षमता रहेको छ ।

new canon 3

‘वाटर क्यानोन’मा ‘अपर क्यान’ र ‘लोअर क्यान’ रहेका छन् । ‘अपर क्यान’मा ५५ मिटरको दुरीसम्म र ‘लोअर क्यान’मा ३० मिटरको दुरीसम्म पानीको फोहरा फाल्न सक्ने क्षमता रहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .