समाज


स्वास्थ्यकर्मीमा धमाधम संक्रमण

स्वास्थ्यकर्मीमा धमाधम संक्रमण

वाशुदेव मिश्र
माघ ७, २०७८ शुक्रबार १९:१२, काठमाडौँ

कोभिड–१९ को तेस्रो लहरबाट गण्डकीमा स्वास्थ्यकर्मीहरु संक्रमित हुने दर बढेर गएको छ। 

गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबारसम्म गण्डकीमा २६८ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्।

संक्रमित हुनेमा संक्रामक तथा सरुवा रोग अस्पतालका डाक्टर विकास गौचन पनि रहेका छन्। उनी दोस्रो पटक संक्रमित भएको अस्पतालले जनाएको छ।

कास्कीमा १३८, तनहुँमा ४२, नवलपुरमा १७, स्याङ्जामा १२, बागलुङमा ११, पर्वतमा १०, म्याग्दीमा ९, गोरखामा ६ र मुस्ताङमा ३ जना स्वास्थ्यकर्मी संक्रमित भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ।

मनाङमा भने हालसम्म स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छैन।

सर्वसाधारणको हकमा गण्डकीमा सबैभन्दा बढी संक्रमण कास्कीमै देखिएको छ। कास्कीमा २ हजार १५६ जना सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .