ad ad

समाज


रौतहटको मठिया चौकीमा बम प्रहार गर्ने भारतीय नागरिक पक्राउ

रौतहटको मठिया चौकीमा बम प्रहार गर्ने भारतीय नागरिक पक्राउ

नेपालखबर
कात्तिक २६, २०७६ मंगलबार ९:४६,

 रौतहटको मठिया प्रहरी चौकीमा बम प्रहार गर्ने एक जना भारतीय नागरिक पक्राउ परेका छन्। बम प्रहार गर्ने भारत मोतीहारीका चन्दनकुमार रामलाई पक्राउ गरिएको रौतहट प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिए।

नेपाल–भारत सीमानजिक इशनाथ गाउँपालिकाको मठियामा रहेको अस्थायी प्रहरी चौकीमा सुतली बम प्रहार हुँदा एक प्रहरी जवान सामान्य घाइते भएका छन्।

मंगलबार दिउँसो मोटरसाइकलमा आएको रामसहितको समूहले चौकीलाई लक्षित गरी बम प्रहार गरेको थियो।

एसपी खत्रीले बम प्रहार भएको र घाइतेको अवस्था सामान्य रहेको बताए। उनले आरोपितलाई जिल्लामा ल्याएपछि थप अनुसन्धान हुने बताए।

प्रहरीले राम सवार बीआर ०५८–६५०९ नम्बरको हिरो डिलक्स मोटरसाइकल समेत बरामद गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .