ad ad

समाज


वरिष्ठ साहित्यकार ‘भाइसाब’को निधन

वरिष्ठ साहित्यकार ‘भाइसाब’को निधन

गोकुल जोशी
पुस २६, २०७८ सोमबार ८:७, काठमाडौँ

सुदूरपश्चिमका वरिष्ठ साहित्यकार बासुदेव भट्ट ‘भाइसाब’को ७८ वर्षको उमेर निधन भएको छ। 

केही वर्षयता बिरामीले थलिएका साहित्यकार भट्टको आइतबार राति भीमदत्त नगरपालिका–१८ कटान आफ्नै घरमा निधन भएको पारिवारिक स्रोतले जनाएको  छ।
 

भट्टको निधनले साहित्य र संस्कृति क्षेत्रमा अपुरणीय क्षति पुगेको महाकाली साहित्य संगमका पूर्वउपाध्यक्ष हेमबाबु लेखकले बताए। ‘भाइसाबको निधनको खबर दुखित तुल्याएको छ। उहाँको निधनले साहित्य र संस्कृतिको क्षेत्रमा अपुरणीय क्षति पुगेको  छ,’ उनले भने, ‘हामीले दिग्गज अभिभावक गुमाएका छौँ।’

लोकसाहित्य र लोकसंस्कृतिका अध्येता भट्टको जन्म बैतडीको दशरथचन्द नगरपालिका–५ मा वि.सं. २००० असार १५ गते भएको थियो। 

सुदूरपश्चिमको साहित्य, शिक्षा, समाजसेवा, राजनीति र मानवाधिकारका क्षेत्रमा भट्टको महत्वपूर्ण योगदान रहेको छ। 
उनी महाकाली साहित्य संगमका संस्थापक अध्यक्ष पनि हुन्। 

भट्टले लोक साहित्य र लोकसंस्कृतिको क्षेत्रमा कलम पनि चलाएका छन्। उनका डेढ दर्शन बढी पुस्तक प्रकाशित छन्। सुदूरपश्चिम विश्वविद्यालय स्थापना समितिका अध्यक्ष समेत रहेका भट्ट सिद्धनाथ बहुमुखी क्याम्पस सञ्चालन समितिका पूर्व अध्यक्ष पनि हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .