समाज


महोत्तरीमा भएको दुर्घटनामा दुईको मृत्यु

महोत्तरीमा भएको दुर्घटनामा दुईको मृत्यु

नेपालखबर
कात्तिक २५, २०७६ सोमबार ३:२३,

महोत्तरीमा भएका छुट्टाछुट्टै दुई दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार जलेश्वरमा ट्र्याक्टर र टिपरले ठक्कर दिँदा एकैदिन आइतबार बिहान एक बालक र बेलुका एक वृद्ध गरी दुई जनाको मृत्यु भएको हो।

जलेश्वर नपा–२ बस्ने विनोद मुखियाका छोरा नौ वर्षीय राजकुमार मुखियालाई शनिबार साँझ जलेश्वर–२ मै रहेको नेपाल रेडक्रस सोसाइटी अगाडि सडकमा लु२त ७६९९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए।

घाइते बालकलाई जिल्ला अस्पताल, अञ्चल अस्पताल हुँदै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । आइतबार बिहान ७ बजे उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै आइतबार दिउँसो पिपरा गाउँपालिका– २ अलिपट्टी बस्ने ६० वर्षीय मजिद नदाफलाई जलेश्वर नपा–२ स्थित बुद्धिजीविचोकमा बर्दिवासबाट बालुवा बोकेर आएको ना१क ९६८३ नम्बरको टिपरले ठक्कर दिँदा मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएपछि उनलाई पनि जिल्ला अस्पताल जलेश्वरमा प्राथमिक उपचार गरी थप उपचारका लागि जनकपुरस्थित जानकी हेल्थकेयर एण्ड रिसर्च सेन्टरमा लगिएको थियो।

आइतबार साँझ उनको पनि सोही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad