ad ad

समाज


हिमपातमा परेर म्याग्दी र मनाङमा १-१ जना बेपत्ता

हिमपातमा परेर म्याग्दी र मनाङमा १-१ जना बेपत्ता

सांकेतिक तस्बिर


वाशुदेव मिश्र
पुस १५, २०७८ बिहिबार १९:५३, काठमाडौँ

हिमपातमा परेर म्याग्दी र मनाङमा एक एक जना बेपत्ता भएका छन्।

म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा र मनाङमा गरी दुई जना बेपत्ता भएका हुन्।

धवलागिरी गाउँपालिका–१​ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालका अनुसार बेपत्ता भएका अन्दाजी ५० वर्षका रामबहादुर छन्त्याल हुन्।  

अहिले गुर्जामा ३ फिट बाक्लो हिउँ परेको छ। आज उनीहरुको उद्धारको लागि सेनाको हेलिकोप्टर गए पनि उद्धार हुन सकेन।

गाउँमा हिउँ जमेपछि  जगमाया छन्त्याल, बुद्धि छन्त्याल र लालबहादुर विक अलपत्र परेका छन्। उनीहरु भेँडीगोठमा रहेको र उनीहरुको लागि आवश्यक खाद्यान्न झारेर फर्केको उनले जनाए।

यता, मनाङमा हिमपातमा परेर नासों ४ वडारका आजुङ लाटा भन्ने आजुङ गुरुङ वेपत्ता भएका छन्।

उनी पनि भेंडीगोठमा भएको र हिमपातमा परेर बेपत्ता भएका मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .