ad ad

समाज


रौतहट प्रहरीले भन्योः विचाराधीन मुद्दालाई प्रभावित पार्न खोजियो

रौतहट प्रहरीले भन्योः विचाराधीन मुद्दालाई प्रभावित पार्न खोजियो

नेपालखबर
कात्तिक २४, २०७६ आइतबार ७:१६,

जिल्ला प्रहरी कार्यालय रौतहटले १२ वर्षअघि जिल्लामा भएको बम विस्फोट प्रकरणमा मुछिएका सांसद महम्मद अफताव आलमको पक्राउको विषयलाई लिएर केही मिडियाले भ्रामक, तथ्यहीन र कपोलकल्पित समाचार सम्प्रेषण गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।

शनिबार विज्ञप्ति जारी गर्दै जिप्रका रौतहटले केही सञ्चारमाध्यमले जिल्ला प्रहरी कार्यालय रौतहट र जिम्मेवार प्रहरी अधिकारीहरु कर्तव्यचूत भएको भन्ने आशयका समाचारको खण्डन गरेको हो।
‘यति गम्भीर मुद्दामा आधारहीन समाचार प्रकाशित गरेर ती अनलाइनले सम्मानित जिल्ला अदालत रौतहटमा विचाराधीन मुद्दालाई प्रभावित तुल्याउने कुत्सित मनसाय राखेको देखिन्छ’, विज्ञप्तिमा भनिएको छ।

बहाल कानुन र विभागीय नीति, निर्देशनबमोजिम जिल्ला प्रहरी कार्यालयको क्षेत्राधिकारभित्र रहेकोले जिप्रका रौतहटले आलमलाई पक्राउ गरेको घामजत्तिकै छर्लंग रहेको उल्लेख गरिएको छ। भ्रामक समाचार सम्प्रेषण जारी रहे कानुनी उपचार खोजिने भन्दै ती सञ्चारमाध्यमलाई चेतावनी समेत विज्ञप्तिमा दिइएको छ।

press aalam

पक्राउ परेका आलमकाे हाल जिल्ला अदालत राैतहटमा थुनछेक बहस चलिरहेकाे छ। गत असाेज २६ गते उनी पक्राउ परेका थिए। उनीविरूद्ध मानिसहरुलाई इँटाभट्टामा जलाएर शव नै बेपत्ता बनाएको अभियोग लागेकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .