ad ad

समाज


इन्सेकको अध्यक्षमा श्रेष्ठ

इन्सेकको अध्यक्षमा श्रेष्ठ

नेपालखबर
कात्तिक २३, २०७६ शनिबार १०:३९,

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को २३औँ साधारणसभाले डा. इन्दिरा श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय कार्यसमितिको चयन गरेको छ।

कार्यसमितिको सदस्यमा दीपकराज काफ्ले, नजिर मियाँ, गीता बराल, रुद्रबहादुर चर्मकार, रघुनाथ अधिकारी र शोभाकर बुढाथोकी चयन भएका छन्। अध्यक्ष श्रेष्ठले मानवअधिकार र सामाजिक न्यायका विषयमा इन्सेक अभियानलाई अझ सशक्त रूपमा अगाडि बढाउने बताइन्।

शुक्रबार भएको सभाले नौ बुँदे घोषणापत्र पनि सार्वजनिक गरेको छ। नेपालको संविधान लागूभएसँगै मुलुकमा स्थापित सङ्घीय शासन प्रणाली र जनअधिकारको रक्षा, विकास र सचेतनाका लागि इन्सेकद्वारा राष्ट्रव्यापी अभियान सञ्चालन गर्ने नागरिक तथा राजनीतिक अधिकारका सन्दर्भमा विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न तीनै तहका सरकारसँगको सहकार्य मजबुत बनाइने घोषणापत्रमा उल्लेख गरिएको छ।

विधिको शासन र मानवअधिकार रक्षा तथा विकासका लागि राजनीतिक दलका साथै राज्यका विभिन्न निकायसँग सहकार्य गर्ने, सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई यथाशक्य छिटो र पीडितको न्यायको सुनिश्चिततासहित निष्कर्षमा पु¥याउन जोडदार माग गर्ने इन्सेकले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .