ad ad

राजनीति


भारतीय नक्साबारे छलफल गर्न बालुवाटारमा सर्बपक्षीय बैठक सुरु

भारतीय नक्साबारे छलफल गर्न बालुवाटारमा सर्बपक्षीय बैठक सुरु

नेपालखबर
कात्तिक २३, २०७६ शनिबार ११:११,

 भारतले जारी जरेको नयाँ नक्साबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु भएको छ।

भारतले हालै नेपालली भूमी लिपुलेक, कालापानी, लिम्पियाधुरा लगाएतको क्षेत्रलाई आफ्नोतर्फ राखेर नयाँ राजनीतिक नक्सा जारी गरेपछि त्यसको नेपालमा चर्को विरोध हुँदै आएको छ।

सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतको नयाँ नक्साबारे राष्ट्रिय राष्ट्रय धारणा बनाउन माग गरेपछि प्रधानमन्त्री ओलीले सर्वपक्षीय बैठक डाकेका हुन्।

बैठकमा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द, तत्कालीन मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी, उपप्रधानमन्त्री ईश्वर पोखरेल, राप्रपाका अध्यक्ष एवं पूर्वपरराष्ट्रमन्त्री कमल थापा, नेकपाका नेताहरु वामदेव गौतम, सुवास नेम्वाङ, मन्त्रिहरु लगायतका परराष्ट्रविद, सीमाविद र प्रमुख दलका नेताहरुसमेत सहभागी छन्।

सरकार र नेपालका प्रमुख राजनीतिक दलहरुले यसअघि नै कालपानी क्षेत्र नेपालको भूभाग भएको भन्दै भारतीय नक्सा मान्य नहुने बताइसकेका छन्।

आजको बैठकले भारतीय नक्साबारे राष्ट्रिय धारणा बनाउने नेकपाका एक नेताले नेपालखबरलाई बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .