समाज


सशस्त्र प्रहरी निरीक्षकसहित वडासचिवविरुद्ध आरोपपत्र दायर

सशस्त्र प्रहरी निरीक्षकसहित वडासचिवविरुद्ध आरोपपत्र दायर

नेपालखबर
कात्तिक २०, २०७६ बुधबार १५:२३,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा सशस्त्र प्रहरी निरीक्षकसहित चार जना सुरक्षाकर्मी र एक जना वडासचिवविरुद्ध आरोपपत्र दायर गरेको छ।

सशस्त्र प्रहरी निरीक्षक रवीन्द्र कार्की, सशस्त्र प्रहरी सहायक हवल्दारद्वय ज्ञानबहादुर चौधरी र ज्ञानेन्द्रकुमार मौर्य तथा सशस्त्र प्रहरी जवान रतिराम चौधरी र वडासचिव लोकराज बरालविरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले नेपाल–भारत सीमा भएर आवतजावत गरेका नेपाली नागरिकलाई घरायसी प्रयोजनका सामान भारतबाट खरीद गरेर ल्याउँदा घुस लिएका तथा वडा सचिव बरालले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेर २०५९ सालदेखि नेपाल सरकारको प्रशासन सेवामा रहेर बद्नियतपूर्वक सेवा सुविधा प्राप्त गरिरहेको पुष्टि भएपछि पाँचै जनाविरुद्ध मुद्दा दायर गरिएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad