समाज


चिनियाँ टोलीले दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको काम तीव्र बनायो

चिनियाँ टोलीले दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको काम तीव्र बनायो

नेपालखबर
कात्तिक १८, २०७६ सोमबार ९:५४,

नेपाल सरकार र चीन सरकारसँग भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको सम्भावना भएको दैलेखको शिरिस्थान, नाभिस्थानलगायत क्षेत्रमा अन्वेषणको काम तीव्र पारिएको छ।

चीनको अन्वेषण टोली तथा अन्य कामदारका लागि यहाँ क्याम्प निर्माण गरिएको छ।

डुगेश्वर गाउँपालिका–१ चुप्राबजार नजिक क्याम्प निर्माण भएसँगै सामान ल्याउने क्रम अघि बढेको छ। पहिलो चरणमा सर्वेको काम हुनेछ।

सदरमुकाममा सर्वेका लागि कार्यालय स्थापना गरिएको छ। अन्वेषणपछि कुन कुन भूभागमा के कति परिमाणमा पेट्रोलियम पदार्थ छ भन्ने कुराको टुंगो लाग्ने छ। अन्वेषण कार्य सञ्चालनका लागि त्रिवेणी ओभरसिज प्रालिले विभिन्न पदका लागि आवश्यक जनशक्तिको सूचना प्रकाशन गरेको छ।

‘जिल्लाकै बासिन्दालाई काममा प्राथमिकता दिइने छ’, प्रालिका सूर्यमणि लामिछानेले भने।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसहित चीन सरकारको विशेषज्ञ टोलीले औपचारिक उद्घाटन गरेपछि पेट्रोलियम पदार्थ अन्वेषणको काम अघि बढेको हो। पेट्रोलियम पदार्थ भेटिए जिल्लाको मात्र नभई कर्णाली प्रदेश र सिंगो नेपालकै लागि महत्वपूर्ण उपलब्धि हुने सांसद रवीन्द्र शर्मा बताउछन्।

उद्योग वाणिज्य संघका महासचिव राजेश हमालले अन्वेषणको काममा सघाउन सबै उद्योगी व्यापारी, सर्वसाधारणलगायतलाई सहयोग गर्न आग्रह गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad