ad ad

समाज


आलमलाई जीवनभर जेल राख्न मागसहित मुद्दा दायर गरिँदै

आलमलाई जीवनभर जेल राख्न मागसहित मुद्दा दायर गरिँदै

नेपालखबर
कात्तिक १८, २०७६ सोमबार ३:५०,

कांग्रेस सांसद मोहम्मद आफ्ताब आलमविरुद्ध आज (सोमबार) जिल्ला अदालत रौतहटमा मुद्दा दायर गर्ने तयारी प्रहरीले गरेको छ।

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा आलमसहित उनका ११ जना सहयोगीविरुद्ध मुद्दा दायर गर्ने तयारी प्रहरीले गरेको हो।

तत्कालिन प्रहरी महानिरीक्षक ओमविक्रम राणासहित ३५ जना साक्षी राखेर मुद्दा दर्ता गर्ने तयारी प्रहरीले गरेको छ।

आलम, उनका भाइ महताब, मबिन आलम, शेख भदइ, शेख एराज, बद्री सहनीलगायत ११ जनाविरुद्ध सर्वस्वसहित जन्म कैदको माग गर्दै मुद्दा दायर गर्ने तयारी गरिएको रौतहटका सरकारी वकिल खडिन्द्रराज कटुवालले जानकारी दिए।

सोमबार मुद्दा दायर भएसँगै मंगलबारदेखि आलमसँग अदालतमा बयान र थुनछेकको बहस सुरु हुनेछ।

२७ चैत ०६४ मा निर्वाचनलाई लक्षित गरी रौतहटको राजपुरमा बम बनाउने क्रममा विष्फोट हुँदा घाइते भएकालाई आलमले जिउँदै इटाभट्टामा जलाएको आरोप छ।

विस्फोटमा घाइते भएका र इँटाभट्टामा जलाइएका ओसी अख्तरका ससुरा समसुल मियाँले घाइतेलाई ट्रयाक्टरमा हालेर प्रहरीकै स्कर्टिङमा इँटा भट्टामा लगेर जिउँदै जलाइएको बयान दिएका छन्।

तत्कालिन समयमा प्रहरीले घटनाको छानबिन कमजोर बनाउन मात्र होइन, अपराध गराउनसमेत भूमिका खेलेको खुलासा प्रहरीका वहालवाला र पूर्व अधिकारीहरुले नै गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .