समाज


नर्सिङ होममा हुने अनियमितताको बिरोधमा लेख्ने भारतीय पत्रकारको हत्या

नर्सिङ होममा हुने अनियमितताको बिरोधमा लेख्ने भारतीय पत्रकारको हत्या

नेपालखबर
कात्तिक २८, २०७८ आइतबार १०:८, काठमाडौँ

भारतको बिहारमा एकजना पत्रकारको हत्या भएको छ। 

बिहारस्थित बेनीपट्टी जिल्ला अस्पताल र नर्सिङ होममा हुने गरेको भ्रष्टाचार र अनियमितता विरुद्ध कलम चलाउँदै आएका २२ वर्षीय स्थानीय एक पत्रकार बुद्धिनाथ झाको हत्या भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

हत्यामा संलग्न भएको आशंकामा केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पत्रकार झाले बीएनएन न्यून बेनीपट्टीमा रिपोर्टिङ गर्दै आएका थिए। 

अस्पताल सञ्चालकको योजनामा उनको हत्या भएको पीडित परिवारको आरोप छ। बेनीपट्टी इलाका प्रहरी कार्यालयका इञ्चार्ज अरविन्द कुमारले पत्रकार झाको शनिबार शव फेला परेको जानकारी दिए। उनको शव आधा जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

उनको अपहरणपछि हत्या भएको उनका दाजु त्रिलोक झाले बताएका छन्। ९ नोभेम्बरमा अपहरण भएको र १२ नोभेम्बरमा उनको शव फेला परेको त्रिलोकको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad