खेल


आईसीसी टी-२० विश्वकपको फाइनल आज : अस्ट्रेलिया र न्युजिल्यान्ड भिड्दै

आईसीसी टी-२० विश्वकपको फाइनल आज : अस्ट्रेलिया र न्युजिल्यान्ड भिड्दै

नेपालखबर
कात्तिक २८, २०७८ आइतबार १०:२, काठमाडौँ

आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि आज अस्ट्रेलिया र  न्युजिल्यान्ड भिड्दै छन्। 

फाइनल खेल नेपाली समयानुसार साँझ ७:४५ बजे दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा सुरु हुनेछ। 

अस्ट्रेलिया र न्युजिल्यान्ड दुवै पहिलोपटक टी–२० विश्वकपकाे उपाधि जित्ने दाउमा छन्। 

दुवै टोली सेमिफाइनलमा बलिया तथा उपाधिका दाबेदार प्रतिस्पर्धीलाई हराउँदै फाइनलमा प्रवेश गर्न सफल भएका हुन्। न्युजिल्यान्डले इंग्ल्यान्डलाई ५ विकेट तथा अस्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले नै हराउँदै फाइनलको यात्रा तय गरेका हुन्। 

अस्ट्रेलिया दोस्रोपटक तथा न्युजिल्यान्ड पहिलोपटक टी–२० विश्वकपको फाइनलमा पुगेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad