मोरङ रंगेली नगरपालिका ७ बक्राह खोलामा नुहाउन गएका २ जना युवकलाई बगाएको छ।
बगाएका मध्ये एक जनाको मृत्यु भएको छ भने अर्का युवक बेपता भएका छन्।
भारत मध्यापुरा सिंहेश्वरथान घर भई रंगेली नगरपालिका ६ भन्सार टोल सुरेश साहको घरमा पाहुना आएका २१ वर्षीय बिटु कुमार साह र १८ वर्षीय राजा साह बक्राह खोलाको पानीमा नुहाउने क्रममा डुबी बेपत्ता भएका थिए।
घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खोजतलास गर्न पुगेको थियो।
बिटु कुमार साहलाई उपचारको लागि रंगेली अस्पताल पठाई चेकजाँच गर्दा मृत्यु भइसकेको र राजा साहको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।
36
Shares

प्रतिक्रिया