ग्लोबल


सिंगापुरको चिडियाखानाका सिंहमा मानिसबाट फैलियो कोरोना

सिंगापुरको चिडियाखानाका सिंहमा मानिसबाट फैलियो कोरोना

नेपालखबर
कात्तिक २४, २०७८ बुधबार ९:४९, काठमाडौँ

सिंगापुरको एक चिडियाखानामा चार एसियाली सिंह कोभिड–१९ बाट संक्रमित भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार चिडियाखानाकाे रेखदेखकाे जिम्मा पाएको मन्दाई वाइल्डलाइफ ग्रुपका कर्मचारीबाट सिंहमा कोरोना संक्रमण फैलिएको हो।

सिंगापुरको जुमा राखिएको एउटा अफ्रिकी सिंहमा पनि कोरोना संक्रमणको लक्षण देखिएको छ। 

सिंगापुरको नाइट सफारीका चार एसियाली सिंहमा कोरोना संक्रमण देखिएको हो। यो सिंगापुरको महत्वपूर्ण पर्यटकीय आकर्षणको स्थल हो। नेशनल पार्क्स बोर्डअन्तर्गतको एनिमल एण्ड भेटेरिनरी सर्भिस (एभीएस)ले दिएको जानकारीअनुसार गत शनिबारदेखि एसियाली सिंहहरुमा कोभिड–१९ को लक्षणहरु देखिन थालेको हो।

यद्यपि ती सिंहहरुमा गम्भीर समस्या भने अहिलेसम्म देखिएको छैन। एभीएससले सबै नौओटा एसियाली सिंह र पाँचओटा अफ्रिकी सिंहलाई उनीहरुकै गुफामा आइसोलेसनमा राख्न सुझाव दिएको छ। 

समाचारमा बताइएअनुसार मन्दाइ वाइल्डलाइफका तीन कर्मचारीले कोरोना संक्रमण हुँदाहुँदै चिडियाखानाको काम गरेका थिए। सोही क्रममा उनीहरुबाट सिंहमा संक्रमण फैलिएको हो। 

सिंहमा कोरोना संक्रमण देखिएसँगै अहिले उक्त चिडियाखाना बन्द गरिएको छ। अहिलेसम्म प्राप्त भएको विवरणले भने कोरोनाबाट जनावर गम्भीर बिरामी नपर्ने गरेको पाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad