मकवानपुरको हेटौँडामा गएराति ट्रक र बस आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १६ जना घाइते भएका छन्।
जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना ७ ख ८७६ नम्बरको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश–२–०३०१ख ५०३५ नम्बरको ट्रकले गए राति हेटौँडास्थित नवलपुरमा ठक्कर दिँदा बसमा सबार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुने दुबै यात्रु बसमा सबार थिए। मृतक दुबै पुरुष हुन्।
मृतकको सनाखत भइसकेको छैन। दुर्घटनाको विषयमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए।
दुर्घटनामा घाइते १५ यात्रुको हेटौँडास्थित चुरेहिल र सहकारी अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा ट्रक चालक पनि गम्भीर घाइते भएका छन्। उनको पनि हेटौँडामै उपचार भइरहेको छ।
Shares

प्रतिक्रिया