सर्वोच्च अदालतमा भइरहेको गतिरोध अन्त्य हुनुपर्ने मागसहित आन्दोलित अभियन्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ।
नारा लगाउँदै नेपाल बार एसोसिएसन परिसरको गेटमा पुगेका जनता स्वतन्त्र आयोगका अभियन्ता तारा बरालसहित तीनजनालाई प्रहरीले धरपकड गरेर पक्राउ गरेको हो।
उनीहरुले न्याय प्रणाली जोगाउन भन्दै प्रदर्शन गरिरहेका छन्। १६ दिनदेखि अदालतमा जारी गतिरोध हट्नुपर्ने माग गर्दै उनीहरुले सर्वोच्च अदालत परिसर र माइतीघर मण्डलमा प्रदर्शन गर्दै आएका थिए।
27
Shares
प्रतिक्रिया