ad ad

समाज


युवतीमाथि सामूहिक बलात्कार, तीन आरोपी पक्राउ

युवतीमाथि सामूहिक बलात्कार, तीन आरोपी पक्राउ

नेपालखबर
कात्तिक २३, २०७८ मंगलबार १०:४७, काठमाडौँ

सामूहिक बलात्कारको अभियोगमा प्रहरीले म्याग्दीको बेनीबाट तीनजना युवालाई पक्राउ गरेको छ। 

बेनी नगरपालिका–५ पुलाचौरकी एक महिलालाई बलात्कार गरेकोे किटानी जाहेरीका आधारमा २४ वर्षीय हिटमेन बानियाँ, २२ वर्षीय प्रकाश रामदाम र १८ वर्षीय प्रवेश रामदामलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई अलग–अलग ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

आरोपी एकजनालाई रुपन्देही र बाँकी दुई जनालाई पोखराबाट नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिए। ‘आधुनिक विधि र प्रविधि प्रयोग गरी अनुसन्धान भइरहेको छ, घटनामा कसैको दबाब छैन,’ उनले भने।

एक्लै सुतिरहेको अवस्थामा ती युवाले महिलालाई धम्क्याउँदै जबर्जस्ती पालैपालो बलात्कार गरेको भन्ने पीडितको उजुरी परेकाले जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालन गरी पीडकको खोजी गरिएको थियो। 

उक्त घटना थामथुम पार्न गाउँका केहीले पीडितका आफन्तहरूकै उपस्थितिमा पीडित युवतीको परिवारबीच आर्थिक लेनदेन गरी  मिलापत्रको प्रयास गरेको हल्लाले अनुसन्धानमा असर नगर्ने प्रहरीको भनाइ छ। 

मुलुकी अपराध संहितामा १८ वर्ष वा माथिका कसुरदारलाई बलात्कारको अभियोगमा १० देखि १२ वर्षसम्म कैद सजायका साथै सामूहिक बलात्कार पुष्टि भएमा थप पाँच वर्ष सजाय हुने  कानुनी व्यवस्था छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .