ad ad

समाज


बिहार: छापा मार्न आएका प्रहरीलाई जुवाडेले खम्बामा बाँधेर पिटे

बिहार: छापा मार्न आएका प्रहरीलाई जुवाडेले खम्बामा बाँधेर पिटे

नेपालखबर
कात्तिक २१, २०७८ आइतबार १९:१५, काठमाडौँ

बिहारीको मोतिहारीमा तिहारको साँझ एक हुल जुवाडेले एक प्रहरीलाई बिजुलीको खम्बामा बाँधेर पिटेका छन्। 

सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा मानिसहरुको समूह प्रहरीको बर्दी लगाएका एक व्यक्तिमाथि आक्रमण गरिरहेका देखिन्छन्। 

सो घटना छपरा बहसस्थित धर्मपुर गाउँको भएको बताइएको छ। कुटिने प्रहरी सहायक निरीक्षक सीतामा दास हुन्।

गाउँमा विवाद भएको सूचनापछि प्रहरी त्यहाँ पुगेको थियो। तर, त्यहाँ ती व्यक्तिहरु रक्सी खाएर जुवा खेलिरहेका थिए। तिनले एक प्रहरीलाई घेरेर समातेको र बिजुलीको खम्बामा बाँधेर कुटेको जनाइएको छ।

ती व्यक्तिहरुविरुद्ध जाहेरी दर्ता भएको छ। एनडीटीभी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .