समाज


सिनामंगलबाट पक्राउ परे अफगानिस्तानका ११ नागरिक

सिनामंगलबाट पक्राउ परे अफगानिस्तानका ११ नागरिक

नेपालखबर
कात्तिक ८, २०७८ सोमबार १२:३५, काठमाडौँ

काठमाडौंको सिनामंगलस्थित एक होटलबाट अफगानिस्तानका ११ जना नागरिक पक्राउ परेका छन्। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सोमबार बिहान सिनामंगलस्थित फेसबुक होटलबाट ती अफगानी नागरिकलाई नियन्त्रणमा लिएको हो। 

सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले उनीहरुलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको बताएका छन्।

अफगानिस्तानमा तालिबानले शासन हातमा लिएसँगै त्यहाँका नागरिक अन्य देशका शरणार्थीका रुपमा पसिरहेका छन्। नेपालमा पनि केही सातायता अवैधानिक रुपमा अफगानीहरु पसिरहेको खबर आएको छ। 

'अफगानी नागरिकहरु अवैधानिक रुपमा आएर बसेका भन्ने सूचनाका आधारमा पक्राउ गरेका हौँ', महतोले नेपालखबरसँग भने, 'उनीहरु वैध अवैध के हुन् भन्ने अनुसन्धान भइरहेको छ।'

उनीहरु भैरहवा नाकाबाट गैरकानुनी रूपमा नेपाल छिरेको खुलेको छ। उनीहरुलाई राष्ट्रसंघीय शरणार्थी उच्चायोगले त्यहाँ राखेको बताइएको छ। उनीहरुलाई अध्यागमन कार्यालयमा बुझाउने प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad