ad ad

समाज


देउसीभैलोबाट प्राप्त रकम विद्यालयलाई सहयोग

देउसीभैलोबाट प्राप्त रकम विद्यालयलाई सहयोग

नेपालखबर
कात्तिक १४, २०७६ बिहिबार ८:४१,

देउसीभैलो खेलेर ४८ हजार नगद चन्दा संकलन गरिएको छ। जिल्लाको बडिमालिका नगरपालिका–३ रजालीमा रहेको खातीभिटा आधारभूत विद्यालयले उक्त रकम संकलन गरेको हो। विद्यालयको आयोजनामा यही कात्तिक ८ देखि कात्तिक ११ गतेसम्म सञ्चालन गरिएको देउसी भैलोबाट चन्दा संकलन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश खडकाले बताए।

देउसी भैलो गौमुल गाउँपालिका–१ र २ र बडिमालिका नगरपालिका वडा–३ मा खेलिएको हो। संकलित रकम विद्यालयको शैक्षिक गुणस्तर माथि उकास्न र अन्य भौतिक विकासमा खर्च गरिने भएको छ।
आपसी सद्भाव र भाईचाराको सम्बन्ध स्थापित गर्नुका साथै संस्कृतिको जगेर्ना र मनोरञ्जनका लागि देउसीभैलोको आयोजना गरिएको अध्यक्ष खड्काको भनाई रहेको छ। उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समिति,शिक्षक र अभिभावक लगायतको सहभागिता रहेको थियो।

यसैबीच सोही वडामा रहेको रजाली युथ क्लव,वडा स्तरीय महिला अधिकार मञ्च,वडा स्तरीय बाल क्लव र चोयाकोट बाल क्लवको आयोजनामा कात्तिक ९ गतेबाट कात्तिक १२ गते सम्म सञ्चालित देउसी भैलो कार्यक्रमबाट २३ हजार ६ सय १० रुपियाँ संकलन भएको छ।

उक्त संकलित रकमबाट करिब रु १ लाख बराबरको साउण्ड सिष्टम बाल क्लवले खरिद गर्ने लक्ष्य लिएको अध्यक्ष कृष्ण खड्काले बताए। संकलन भएको रकम लक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा रहेको रजाली युथ क्लवको खातामा रकम जम्मा गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .