अमेरिकाका डाक्टरले सुँगुरको मिर्गाैला मानिसमा प्रत्यारोपण गर्न सफल भइएको बताएका छन्।
योसँगै अब अंग दानको कमी पूरा हुने अपेक्षा उनीहरूले गरेका छन्।
बीबीसीका अनुसार जुन व्यक्तिमा सुँगुरको मिर्गाैला प्रत्यारोपण (ट्रान्सप्लान्ट) गरिएको छ, उनी ब्रेन डेड थिए।
यसको अर्थ उनी पहिलेदेखि कृत्रिम जीवन रक्षक उपकरणको भरमा बाँचिरहेका थिए र ठीक हुने कुनै सम्भावना थिएन।
मिर्गाैला (किडनी) त्यस्तो सुँगुरबाट झिकिएको थियो, जसलाई आनुवांशिक रूपमा परिमार्जन (जेनेटिकली मोडिफाई) गरिएको थियो, जसले गर्दा मानव शरीरले कुनै बाहिरी अंग ठानेर अस्वीकार नगरोस्।
यस किसिमको परीक्षण पहिले पनि गरिएको थियो तर यो अहिलेसम्म मानिसमा गरिएको थिएन।
सुँगुरको अंग मानिसमा प्रत्यारोपण गरिएको घटना यो नै पहिलो भने होइन। यसअघि नै सुँगुरको मुटुको भल्व मानिसमा प्रयोग गरिसकिएको छ।
आकारका हिसाबले सुँगुरका भित्री अंग मानिसमा राम्रोसँग मेल खान्छ।
Shares

प्रतिक्रिया