परिवारसहित फ्रेस हुन सिन्धुपाल्चोक पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार काभ्रेमा जिपलाइनको मज्जा लिएका छन्।
काभ्रेको पाँचखाल नजिकै रहेको जिपलाइनमा प्रचण्डले यात्रा गरेका हुन् ।
जिपलाइनमा यात्रा गर्दै उनले सेल्फी पनि खिचेको भिडिओमा देख्न सकिन्छ । करिव २ मिनेटजति प्रचण्डले जीपलाइन यात्रा गरेका हुन् ।
उनी बिहीबार बिरामी पत्नी सीता दाहालसहित, नाति, ज्वाइँ जीवन आचार्यलाई लिएर सिन्धुपाल्चोकको सुकुटे रिसोर्ट पुगेका थिए ।
उनले त्यहाँ रहँदा र्याफ्टिङ गरेका थिए ।
शुक्रबार काठमाडौं फर्कने क्रममा प्रचण्डले जीपलाइन यात्रा गरेका हुन् ।
भिडिओ
123
Shares
प्रतिक्रिया