महाकाली नदीको बाढीमा फसेका भीमदत्त नगरपालिका–९ मसेट्टीका पाँच जनाको उद्धारको लागि हेलिकप्टर पुगेको छ।
बाढीमा फसेकाको उद्धारका लागि सुर्खेतबाट हेलिकप्टर मगाएर उद्धारको प्रयास भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी असोक कुमार भण्डारीले जानकारी दिए।
‘उद्धारमा बिशेष टीम खटाइएको छ, पीडीतहरु रुखमा बसिरहेका र हेलिकप्टरको पङखाले रुख भाँचिन सक्ने भएकाले केही कठिनाइ भएको छ’ उनले भने।
अबिरल वर्षाले महाकाली नदीमा पानीको बहाव बढे पछि नदी किनारमा कुखुरा खोर कुर्न गएका पुष्कर नायक, दीर्घमती खड्का, शान्ति नायक, असोक नायक र अजय नायक बाढीमा फसेका छन्। सोमबार राती देखि बाढीमा फसेका उनीहरु रुखमा बसेका छन्।
उनीहरुको उद्धारको लागि सुरक्षाकर्मीको टोली दिउँसो नै मसेट्टी पुगे पनि महाकालीमा पानीको बहाव बढी भएका कारण उद्धार गर्न सकेको थिएन।
त्यस पछि हेलिकप्टरबाट उद्धार गर्ने तयारी भएको थियो तर मौसम खराबीका कारण सुर्खेतबाट हेलिकप्टर उड्न सकेको थिएन।
Shares

प्रतिक्रिया